सुनचाँदीको मूल्यमा भएन घटबढ


काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीकै मूल्य स्थिर कायम रहेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज सोमबार पनि यही मूल्यमा कारोबार भएको हो ।

शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य १०० रुपैयाँले बढेको थियो । यसबाहेक आज चाँदीको मूल्य समेत स्थिर कायम रहेर कारोबारमा आएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ छ । हिजो चाँदीको मूल्य ५ रुपैयाँ बढेको थियो ।

प्रतिक्रिया