तालमा डुबेर एसबीआई बैंकका कर्मचारी तिमिल्सिनाको मृत्यु


चितवन – माडीको वैकुण्ठ तालमा पौडिने क्रममा डुबेर एक व्यक्तिको ज्यान गएको छ ।

सिन्धुपाल्चोक घर भई हाल भरतपुर महानगरपालिका-२ स्थित नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको तालमा डुबेर मृत्यु भएको हो ।

दिउँसो पौडी खेल्न जाने क्रममा उनी बेपत्ता भएका थिए । कुरिनटारबाट आएका सशस्त्र प्रहरी बलको गोताखोर टोलीले तालको भित्री गहिरो भागमा अड्किएको अवस्थामा शव फेला पारी साँझपख पानीबाहिर निकालेको हो ।

मृतक तिमिल्सिना अन्य ५ जना साथीहरू सहित शनिवार बिदा मनाउन माडीको वैकुण्ठ तालमा आएका थिए ।

 

प्रतिक्रिया