

कांग्रेस निकट मुस्लिम संघको महाधिवेसन आजबाट

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको महाधिवेशनको आज उद्घाटन हुदैँछ ।
मुस्लिम सङ्घको महाधिवेशनको उद्घाटन आज राष्ट्रिय सभागृहमा हुनेछ, महाधिवेसन असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।
मुस्लिम सङ्घका कार्यवाहक सभापति अताबुल मन्सुरका अनुसार सो महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
भावी अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुरसहित महासचिव मुक्तार आलम, सलावत दिनमियाँले दाबेदारी प्रस्तुत गरिरहेका छन्।

