सस्पेन्स थ्रिलर कथामा आधारित, ‘कालीपुरुष’मा वर्षा अनुबन्धित


काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी अहिले ‘कालीपुरुष’ नामक एक नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । फिल्म राघव आचार्यले निर्देशन गर्न लागेका हुन् । ‘कालीपुरुष’ अहिलेलाई राखिएको फिल्मको टाइटल हो । काम गर्दैजादा फिल्मको नाम परिवर्तन पनि हुन सक्ने निर्माण युनिटले जनाएको छ ।

मानकृष्ण महर्जनको छायाँंकन रहने ‘कालिपुरुष’मा नव–नायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ । फिल्मको अन्य टिम समेत छनौटको क्रममा रहेका छन् ।

सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यो फिल्म इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । फिल्मको छायाँकन फागुणको अन्तिम साताबाट सुरु बताइएको छ । हालै ‘परदेशी २’को छायांकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध छिन् ।

प्रतिक्रिया