

प्रचण्ड, माधव नेपाल र देउवाबीच छलफल हुँदै

काठमाडौँ – नेपाल कम्युष्टि पार्टी नेकपा दाहाल-नेपाल समूह र प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसबीच आज छलफल हुने भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने भएको हो ।
चितवनमा रहेका प्रचण्ड र नेपाल काठमाडौँ फर्किए लगतै छलफल तय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतले मंगलबार बेलुकी प्रतिनिधिसभा विघटनको प्रस्ताव बदर गर्ने निर्णय गरे लगतै दाहाल नेपाल समुहका अध्यक्ष द्वय र प्रतिपक्षी दलका सभापति देउवावीच फोन बार्ता भएको थियो ।
उनीहरु तीनै जनासँग सभापति देउवाले कुराकानी गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

