स्वस्तिमालाई इन्स्टाग्राममा फलो गर्ने १० लाख नाघे


काठमाडौं–पछिल्लो समयकी सर्वाधिक व्यस्त एवं चर्चित अभिनेत्री स्वस्तिमा खड्काको इन्स्टाग्राम फलोअर्स १० लाख नाघेको छ । उनी अदिती बुढाथोकी र प्रियंका कार्कीपछि इन्स्टाग्राममा १ मिलियन फलोअर्स हुने तेस्री नेपाली नायिका हुन् ।

दर्शकमाझ राम्रो छाप छाड्न सफल स्वस्तिमा पछिल्लो समय प्रकाश सपुतको गीतमार्फत् बजारमा छाइरहेकी छिन् । नेपाली चलचित्र उद्योगमा सर्वाधिक व्यस्त मानिएकी स्वस्तिमा अभिनित ‘दिमाग खराव’ चलचित्र यही कात्तिक २४ मा रिलिज हुँदैछ ।

इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएकी नायिका अदिती बुढाथोकीको हालसम्म इन्स्टाग्राममा २.३ मिलियन अर्थात २३ लाख फलोअर्स छन् । .

अदितीपछि इन्स्टाग्राममा धेरै फलोअर्स प्रियंका कार्कीको हालसम्म १.१ मिलियन अर्थात ११ लाख फलोअर्स छन् ।

प्रतिक्रिया