सुनको मूल्य स्थिर, चाँदीको घट्यो


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही कायम भएको हो । 
यस्तै बिहीबार तेजाबी सुनको मूल्य पनि सोही कायम हुँदै प्रतितोला एक लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तर चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया