गायक देव कुमारको ‘भुल्यौ होला’ सार्वजनिक (भिडियोसहित)


काठमाडाैं – नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक भएको छ  ।

माया र प्रेमको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ  । देव कुमार मगरको शब्द तथा संगीत गीतमा रहेको छ  । चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ  । मायालाई आफुबाट गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।

मुकेश हुमागाईँको छायाँकन, शिलन लम्सालको सम्पादन, केशव राज भटटको कोरियोग्राफी तथा विक्रम क्षेत्रीको निर्देशन भिडियो मा रहेको छ  । गीतको भिडियोमा शितल केसी, अनु थापा, विक्रम क्षेत्रीको अभिनय रहेको छ  ।

भिडियोः

https://youtu.be/7ALM_eQ8_XQ

प्रतिक्रिया