अस्ट्रेलियाका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप


 क्यानेबरा – अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आइतबार कोरोनाविरुद्धको खोप लगाएका छन् । अस्ट्रेलियामा सोमबारदेखि खोप अभियान सुरु हुँदैछ । आम सर्वसाधारणमा खोपप्रतिको विश्वास दिलाउन प्रधानमन्त्री मोरिसनले खोप लगाएको तस्वीर टेलिभिजनमार्फत प्रसारण गरिएको थियो ।

आगामी हप्तासम्ममा करिब ६० हजार डोज खोप लगाउने लक्ष्य राखिएको छ । खोप अभियान सुरु गर्ने लाग्दा शनिबार केही मानिसहरुले त्यसको विरोधमा प्रदर्शनसमेत गरेका थिए ।

प्रधानमन्त्री मोरिसनले आइतबार एउटा सानो समूहको साथमा खोप लगाएका हुन् । त्यसक्रम अग्रपंतिमा रहेका काम गर्ने कर्मचारी तथा केयर होममा कार्यरत व्यक्तिहरु सामेल भएको बीबीसीले उल्लेख गरेको छ ।

अस्ट्रेलियामा खोप अभियानका लागि फाइजर कम्पनीले उत्पादन गरेको खोप प्रयोग गरिँदैछ । फाइजरको उक्त खोपलाई अनुमति प्राप्त भइसकेको छ । अस्ट्रेलियामा सबैभन्दा पहिला एक ८५ वर्षीया महिलाले खोप लगाएकी थिइन् । एजेन्सी

प्रतिक्रिया