उत्कल र गीताको रोमान्समा सुनिता र प्रतापको स्वर (भिडिओ)


काठमाडौं– चर्चित लोक गायिका सुनिता दुलाल र गायक प्रताप दासको स्वरमा सजिएको नयाँ गीत बाँसको कप्टेरो को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

अमृत खातीको शब्द र सुरज अधिकारीको संगीत रहेको उक्त गीतमा कमल सराङको संगीत संयोजन रहेको छ।

म्यूजिक भिडियोमा सरोज राना, बिना उप्रेती, गीता ढुंगाना र उत्कल ऋषि थापाको अभिनय रहेको छ।

भिडियोमा सवैको दमदार प्रस्तुती देख्न सकिन्छ । उक्त भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् भने सम्पादन र छायाँकन क्रमशः राजकुमार श्रेष्ठ र ज्ञानेन्द्र शर्माको रहेको छ। समग्रमा भिडियो निकै उत्कृष्ट बनेको छ।

प्रतिक्रिया