प्रदेश २ का प्रमुखको सपथ उपरराष्ट्रपति पुन र सभामुख सापकोटाद्वारा बहिस्कार


काठमाडौं– प्रदेश २ का प्रमुख डा. राजेश झा (अहिराज)को शपथ ग्रहण कार्यक्रम उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नी सापकोटाले बहिस्कार गरेका छन्।

शुक्रबारै राष्ट्रपति कार्यालयमा आयोजित शपथ कार्यक्रममा उनीहरू अनुपस्थित भएका हुन्। २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी झालाई नियुक्त गरेकी थिइन्।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भए।

यसैबीच नेपाली कांग्रेसले पनि प्रदेश प्रमुख बर्खास्त र नियुक्तिमा असन्तुष्टि जनाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।

प्रतिक्रिया