


आगामी अप्रिलमा जुनियर एनटीआरको ‘देवरा’

मुम्बई – ‘पुष्पा २’, ‘लियो’, ‘प्रोजेक्ट के’, ‘कंगुवा’ सन् २०२४ मा रिलिज हुने साउथका केही ठूला बजेटका चलचित्र हुन्। यी फिल्मसँगै साउथका सुपरस्टार जुनियर एनटीआरको फिल्म ‘देवरा’ पनि रिलिज हुँदैछ।
ठूलो बजेटमा बन्न लागेको यो फिल्म एनटीआरको ३० औँ फिल्म भएकाले विशेष छ। यो फिल्ममार्फत् बलिउडकी जान्हवी कपुर साउथ सिनेमा पाइला राख्दैछिन्। चलचित्रको काम तीव्र गतिमा भइरहेको र हालै चलचित्रको एक्सन सिन छायाँकन गरिएको छ।
जुनियर एनटीआरको यो फिल्म एक हाईप्याक्ड एक्सन ड्रामा हुनेछ। यसमा धेरै स्पेसल एक्सन दृश्यहरू देखिनेछन्। हालै फिल्मका लागि केही एक्सन दृश्यहरू खिचिएका छन्। कम प्रकाशमा सुटिङ गर्नुपर्ने भएकाले यी एक्सन दृश्यहरू निकै कठिन थिए। फिल्म ‘देवरा’ लाई शिव कोरतलाले निर्देशन गर्दैछन्।
यो फिल्ममा सैफ अली खान पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। उनको चरित्र ग्रे शेड हुने बताइएको छ। योसँगै चाँडै जान्हवी कपूर पनि फिल्मको सुटिङ सुरु गर्दैछिन्। फिल्म अर्को वर्ष अप्रिल ५ मा रिलिज हुनेछ।

