


ललिता निवास प्रकरण : पक्राउ परेका २२ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – ललिता निवासको सरकारी जग्गा हेरफेर प्रकरण संलग्न देखिएको भन्दै पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमती दिएको छ ।
अनुसन्धान नसकिएकाले काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ परेकालाई हिरासतमा राख्न म्याद थपेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले हालसम्म २२ जनालाई पक्राउ गरेको छ ।
सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । अझै बढीमा ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने समय सीआईबीलाई छ ।

