प्रकाश सपुतको ‘दमाई महाराज’ साउन ५ मा आउँदै


काठमाडौं – कीर्तिमानी सर्जक प्रकाश सपुतले आउने शुक्रबार ‘दमाई महाराज’ ल्याउने भएका छन् । वर्ष २०८० लाई जातीय भेदभावविरुद्धको वर्षको रुपमा मनाउने स्वघोषणा गरेका प्रकाशले ‘दमाई महाराज’लाई बोलमाया र गलबन्दीका भाग २ को रुपमा प्रस्तुत गर्न खोजेका छन् ।

सिरियस गीत बोलमाया र रमाइलो गीत गलबन्दीको भाग २ को रुपमा ल्याउन लागेको उनको ‘दमाई महाराज’ कस्तो गीत होला भनेर आम स्रोता दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् ।

बोलमाया र गलबन्दीमा संलग्न कलाकारहरु शान्तिश्री परियार र अञ्जली अधिकारीलाई नै लिएर प्रकाशले ल्याउन लागेको ‘दमाई महाराज ‘सार्वजनिक गर्ने दिन प्रकाश क्यानडाका भ्यानकोभरको ब्रिटिस कोलम्बियामा गाइरहेका हुनेछन् । करिब २ साताभन्दा बढीको समयका लागि क्यानडा गएका प्रकाशले यसपटक पनि ‘सकम्बरी’ जस्तै आफू विदेश हुँदा ‘दमाई महाराज’ सार्वजनिक गर्ने भएका छन् ।

प्रतिक्रिया