


प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ ।
यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ । ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

