यी हुन् कोरोनाबाट आफ्ना नागरिक गुमाउने ‘टप फाइभ’ मुलुक (तथ्यांकसहित)


काठमाडौं – विश्वभर कोरोना संक्रमणबाट एक लाख भन्दा धेरै आफ्ना नागरिक गुमाउने ५ देश रहेका छन् । ती देशहरुमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल, मेक्सिको, भारत र बेलायत क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी मानवीय क्षति ब्यहोर्ने मुलुक अमेरिका बनेको छ । हालसम्म अमेरिकामा २ करोड ८२ लाख ६१ हजार ४ सय ७० संक्रमित पुगेका छन् भने ४ लाख ९७ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्र १ हजार १ सय ११ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा हालसम्म ९८ लाख ३४ हजार ५ सय १३ संक्रमित पुगेका छन् भने २ लाख ३९ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

त्यस तेस्रो नम्बरमा रहेको मेक्सिकोमा हालसम्म १ लाख ७३ हजार ७ सय ७१ जनाको मृत्यु भइसकेको छ भने १९ लाख ८८ हजार ६ सय ९५ जना संक्रमित भएका छन् ।

त्यस्तै मृतक संख्यामा चौथो स्थानमा रहेको नेपालको छिमेकी मुलुक भारत संक्रमितको सूचीमा भने दोस्रो स्थानमा रहेको छ । भारतमा हालसम्म १ करोड ९ लाख १६ हजार १ सय ७२ संक्रमित पुगेका छन् भने १ लाख ५५ हजार ७ सय ६४ जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोनामुक्त हुने संख्या अत्याधिक रहेको छ । भारतमा हालसम्म १ करोड ६ लाख १९ हजार ८३ जना कोरोनामुक्त भइसकेका छन् ।

त्यस्तै बेलायत मृतकको सूचीमा पाँचौं नम्बरमा रहेको छ । बेलायतमा हालसम्म १ लाख १७ हजार १ सय ६६ जनाको मृत्यु भइसकेको छ भने ४० लाख ३८ हजार ७८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या १० करोड ९३ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ९२ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ लाख ११ हजार पुगेको हो भने २ लाख ९० हजार ७९ संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या १० करोड ९३ लाख ८१ हजार ७२ पुगेको छ ।

 

प्रतिक्रिया