९ जना लागुऔषध कारोबारी पक्राउ


काठमाडौं – लागुऔषध नियन्त्रण व्यूरोले विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न रहेका ९ जनालाई पक्राउ गरेको छ ।

व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ २१ देखि माघ २६ गते सम्म लागुऔषध कारोबारमा संलग्न ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूबाट लागूऔषध एम्फटामाईन २२२ ग्राम सहित र नियन्त्रित लागुऔषध २४७० एम्पल बरामद गरिएको व्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक दिलिप चौधरीले जानकारी दिए ।

पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउपालिका २ का ३८ वर्षीय चिज कुमार गरुङ, रौतहटको मौलापुर ९ का २८ वर्षीय दुखाकुमार यादव सुनसहरी इनरुवा नगरपालिका ६ का ३५ वर्षीय  गोपाल निरौला, सिन्धुपाल्चोक नगरपालिका ११ का २३ वर्षीय मानबहादुर तामाङ, भारत बिहारका ३० वर्षीय गोविन्द पोद्धार, काभ्रेको नमोबुद्ध नगरपालिका ८ का सुवास श्रेष्ठ लगायत रहेको उनले बताए ।

प्रतिक्रिया