‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म चलाउँछौंः चलचित्र संघ


काठमाडौं – उच्च अदालतको आदेशपछि नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले उक्त जानकारी गराएको हो ।

बिहीबार उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

यस्तै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको समेत संघले बताएको छ । केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौँ महानगरभित्र हिन्दी फिल्ममा रोक लगाउने गरेका थिए । बालेनको यस्तो निर्णयपछि पोखरा महानगरपालिका लगायतका केही स्थानीय निकायले पनि हिन्दी फिल्म रोक लगाउने निर्णय गरेका थिए ।

355560472_143362728761947_1857447211666566282_n

प्रतिक्रिया