वैवाहिक बलात्कारीका आरोपी पूर्वन्यायाधीशमाथि अदालतमै जुत्ता प्रहार


काठमाडौं – पूर्वन्यायाधीश भुवन गिरीमाथि काठमाडौं जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ ।

गिरीलाई अदालतभित्रै उनकी श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् ।

बैबाहिक बलात्कारको मुद्दामा पेशी बुझ्न आएका पूर्वन्यायाधीश गिरीलाई जुत्ता प्रहार गरेकी थिइन् । आरती पनि पेशी बुझ्न आएकी थिइन् । उनलाई जुत्ता प्रहार गरेपछि प्रहरीले अदातलबाट बाहिर निकालेर गेट बाहिर राखिएको थियो ।

उनले श्रीमानविरुद्ध केही समय बैबाहिक बलात्कारको मुद्दा हालेकी थिइन् ।

गिरी गत चैत २८ गते पक्राउ परेका थिए । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रतिक्रिया