
ओलीको निरंकुशता चाँडै ढल्ने छ : माधवकुमार नेपाल
धनकुटा – पूर्वप्रधानमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दावनको संज्ञा दिएकाे छन् ।
प्रतिनिसिभा विघटनविरुद्ध शनिबार धनकुटामा भएको कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ओलीलाई आफूले देउता भन्ठानेको भए पनि उनी दानव निक्लेको बताएका हुन्।
अध्यक्ष नेपालले केपी ओलीमा पार्टीको भावना, सामुहिकता र काम गर्ने अठोट नभएकै कारण अहिलेको स्थिति आएको आरोप लगाए । विरोध सभा कुनै पद प्रतिष्ठाको लागि नभएर केपी ओली प्रवृति विरुद्धको लडाइँ भएको उनको भनाइ छ । ओलीले आफूलाई श्री ३ सम्झेर रामकुमारी झाँक्री पक्राउ गर्ने दुस्साहस गरेको समेत बताएका छन्।
नेपालले झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपतिले गलत गरेको भन्दा देशद्रोहको आरोप लगाएको र प्रधानमन्त्रीले संविधानको खिलाप कुकृत्यको उदण्ड मचाइरहेको आरोप लगाए।
नेपालले केपी ओलीले पार्टीलाई तमोर नदीमा बगाएर आफूचाहिँ उपरखुट्टी लगाएर बाँसुरी बजाएर बसेको आरोप पनि लगाए। ओलीले नेकपालाई सिध्याउन मात्रै लागेकाले आफूहरू ओलीविहीन पार्टीको परिकल्पनामा लागेको बताएका छन्।
अध्यक्ष नेपालले आफुले इतिहासदेखि नै माले, एमाले र नेकपा बनाउन पहल गरेका बेला ओली कुनै भूमिकामा नहरेका कारण उनी पार्टी समूहभन्दा पनि व्यक्तिवादी भएका र कहिले पनि उनी नसुध्रिने नेपालले बताए।
आन्दोलन गरि सत्ताच्यूत गर्न विरोधसभा गर्दै जनसमक्ष आउनुपरेको उनको भनाइ थियो। ओलीमा निरंकुशता हाबी भएको भन्दै प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजलगायत सबै नेपाली जनता ओलीविरुद्ध आइसकेका नेपालको तर्क थियो। साथै ओलीको निरंकुशता चाँडै ढल्ने पनि अध्यक्ष नेपालले विश्वास दिलाए।



कागजपत्र |
