काेराेना अपडेटः आज २ सय ५९ संक्रमित, ३ सय ३७ जना संक्रमणमुक्त


काठमाडौं – पछिल्लाे २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसका २ सय ५९ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार ७ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ६ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय ८७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया