अध्यक्ष नेपालद्वारा स्याङ्जाकाे दुर्घटनाप्रति दुःख व्यक्त


काठमाडाैं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा भएकाे दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष नेपालले स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त गरेका हुन् ।

उनले एक विज्ञप्ति जारी गरी शुक्रवार भएको दुर्घटनामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारमा समवेदना दिएका छन् ।

घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत विज्ञप्तिमार्फत गरेका छन् ।

प्रतिक्रिया