

महिलाको हत्या गर्ने २ जना पक्राउ

बारा – बारामा एक महिलाको हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । महागढीमाई नगरपालिका-१ बस्ने कान्तीदेवी कुशवाहाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा महागढीमाई नगरपालिका-१ बरियापुर कचहरी टोल बस्ने ४२ वर्षीय लालबाबु प्रसाद कुशवाहा र सोही ठाउँ मठवा टोल बस्ने ४८ वर्षीया धनेश्वरी देवी कुशवाहा रहेका छन् ।
उनीहरुमध्ये लालबाबुलाई बिहीवार र धनेश्वरीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । कान्तीदेवी आफ्नै घरमा माघ २५ गते राति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा मृतकका परिवार र धनेश्वरीबीच जग्गा लगायत विविध विषयमा विवाद रहेकाले अपराधिक प्रवृत्तिका लालबाबुलाई परिचालन गराई कान्तीदेवीको हत्या गराएको खुल्न आएको छ ।

