कमेडियन विक्की अग्रवालले गरे विवाह


काठमाडाैं – कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्।

परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्।

आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ। आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ।

विक्की र श्रद्धाले गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका थिए।

विक्की कमेडी च्याम्पियनका फर्स्ट रनरअप हुन् भने श्रद्धा उक्त शोको निर्देशकिय टिममा सहभागी थिइन्। त्यसपछि उनीहरूले कमेडी शो ‘मा कसम यहाँ दुख्छ’ मा सहकार्य गरेका थिए।

अभिनेत्री श्रद्धा पछिल्लो समय फिल्म ‘प्रेमगीत २’ मा देखिएकी थिइन्।

प्रतिक्रिया