एसएसपी बढुवामा आपत्ति जनाउँदै एसपी तिमिल्सनाले गरे राजीनामाको घोषणा

एसएसपी बढुवामा एसपी नान्तीराम गुरूङको पनि आपत्ति


काठमाडौं — प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले राजीनामा दिने घोषणा गरेका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन्।

उनले आजैका मितिबाट प्रहरी सेवाबाट अलग रहने बताएका छन्।

नेपाल प्रहरीमा शुक्रबार जनपद समूहतर्फका १८ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस भएका थिए। त्यसमा आफू नपरेपछि एसपी तिम्सिनाले राजीनामाको घोषणा गरेका हुन्।

एसएसपी बढुवा प्रकरणमा यसअघि अर्का एसपी नान्तीराज गुरुङले पनि आपत्ति जनाएका थिए ।

 

यो पनि…

आईजी कुँवरलाई बहालवाला एसपीको चुनौती !

 

प्रतिक्रिया