निरा पाण्डे हत्याका अभियुक्त सार्वजनिक, क्यासिनोमा हारेको ऋण तिर्न हत्या गरेको विकको बयान


काठमाडौं – कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्त बिनोद विकलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको पनि जनाएको छ । अभियुक्त विकले बैशाख ७ गते दिउँसो निरालाई पसल भित्रै धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

विकले निराको घाटीमा लगाएको सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गरेको र हत्या भएको बयान दिएको प्रहरीले जनाएको छ । ‘९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो’, सीआइबीका एसएसपी दिनेश आचार्यले भने, ‘घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ । त्यस्तै भोलि पल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको पनि खुलेको छ ।’

विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा उक्त सिक्री धरौटीमा राखेको प्रहरीले जनाएको छ । प्रहरीले सुनको सिक्री लुटपाटका लागि निराको हत्या गरेको अहिलेसम्मको अनुसन्धानले खुलेको जनाएको छ ।

विकले केही समय झापाको क्यासिनोमा बाउन्सरको काम गरेको र त्यहाँ जुवा खेल्ने क्रममा हारेका थिए । त्यो पैसा तिर्न ऋण लिएको र त्यसैका लागि उनले सुन लुट्न खोज्ने क्रममा निराको हत्या प्रहरीले जनाएको छ ।

ल

प्रतिक्रिया