माघ २८ गते शक्ति प्रदर्शनमा तीन लाख मानिस उतार्ने झलनाथको दाबी


काठमाडौं – संसद् विघटन, संवैधानिक, भूमिसम्बन्धी आयोगमा नियुक्तिलगायत प्रधानमन्त्रीका कदमविरूद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले माघ २८ गते (भोली) शक्ति प्रदर्शनको तयारी गरेको छ । त्यसका लागि जुलुस निस्कने पाँच स्थानको कमान्डर पनि नेकपा प्रचण्ड–नेपाल समूहले तोकिसकेको छ । अहिले काठमाडौंमा मार्चपासलगायत प्रचारलाई तीव्र बनाइएको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले तीन लाख बढी नागरिक काठमाडौंमा उतार्ने र निर्णायक संघर्षको उद्घोष गर्ने तयारी भएको बताएका छन् । आज प्रचण्ड–नेपाल समूहको सचिवालयको बैठकमा तयारीबारे ब्रिफिङ भएको र उपत्यकाका ‘रैथाने’हरू पनि आन्दोलनमा उत्रने खनालले जानकारी दिए ।

यसअघि पुस १४ र माघ ९ गतेको सभामा उपत्यकाका बासिन्दाको उल्लेख्य साथ नपाएको चर्चा भएको थियो । ‘‘यसपटक उपत्यकाका बासिन्दा पनि प्रदर्शनमा आउने रिपोर्टिङ भएको छ,’ खनालले भने, ‘ओली सरकारविरुद्ध उपत्यकावासी भित्रभित्रै आन्दोलित छन् । यसपटक सडकमै आउने बुझेका छौँ ।’

प्रतिक्रिया