५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द


लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ ।

बिहीबार जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज १ दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताएका छन् ।

बिहीबार आयोजना स्थलतर्फ आउँदै गर्दा अचानक जीप दुर्घनामा परी आयोजनाका कर्मचारीको निधन र केही घाइते भएका थिए ।

बेंसीसहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–६ सिमी ताजेँमा बिहीबार दुर्घटना हुँदा गाउँपालिका–६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक २६ वर्षीय किशोर राई, ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका–१० घर भएका इञ्जिनियर प्रकाश लौडारीको घटनास्थलमै निधन भएको थियो ।

 

प्रतिक्रिया