किन दिल्ली गए झलनाथ खनाल


काठमाडौं – नेकपाका वरिष्ठ नेता झलनाथ खनाल प्रचण्ड–माधव नेकपा पक्षका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्ली उडेका छन्।

खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट भारतको राजधानी दिल्ली उडेका हुन् । खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईका अनुसार उनी नियमित फलोअपका लागि दिल्ली गएका हुन् ।

उनले भने, ‘उहाँ नियमित फलोअपका लागि दिल्ली जानुभएको हो, चार दिनपछि फर्कनुहुनेछ। उहाँको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार हुनेछ ।’

खनालसँगै उनकी श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन् । केही महिना अगाडि उनी उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया