सूर्य नेपालको Mint-o Bite टफि बजारमा


काठमाडाैं – सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन Mint-o Bite नेपाली बजारमा सार्वजनिक गरेको छ । ”Freshness in every bite” को नारा सहित  प्रवद्र्धन गरिएको यो उत्पादन “मिन्ट” स्वादमा ट्वीस्ट ¥याप प्याकमा उपलब्ध हुनेछ ।

आकर्षक मूल्य सहित Mint-o Bite रु.५।– मा २ वटा उपलब्ध हुनेछ । Mint-o Bite  को प्रयोगले अद्भुतसितलताको आभाषको साथै रिफ्रेशिङ्ग अनुभव पनि गराउने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मिन्ट स्वादले ताजा श्वासको साथै आत्मविश्वास पनि जगाउनेछ । अक्वानिलो ¥यापरमा उपलब्ध Mint-o Bite बजारमा अरु उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरु भन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।

मिन्ट स्वाद रुचाउने ग्राहकहरुले Mint-o Bite टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । Mint-o Bite  नेपालभरीका खुद्रा पसल तथा सुपरमार्केटहरुमा उपलब्ध हुनेछ।

प्रतिक्रिया