डिस होमको रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ


काठमाडाैं – डिसहोमको रियालिटी च्यानल १०२ मा आजदेखि हरेक शुक्रबार ‘चम्सुरीसँग चिया गफ’ कार्यक्रम प्रसारण हुने भएको छ ।

कार्यक्रम सातामा एक दिन हरेक शुक्रबार साँझ ७ः३० बजे प्रसारण हुनेछ । कार्यक्रमको सञ्चालन ‘चम्सुरी’ उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले गर्नेछिन् । उनी विगत १५ वर्षदेखि हाँस्यकलाकारितामा सक्रिय छिन् ।

विणभ क्रियशनद्वारा निर्माण र सञ्चारकर्मी तथा निर्देशन समीर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तितामिठा, रमाइलो÷घोचपेच गफगाफ चियाको चुस्कीको साथमा हुनेछ ।

प्रतिक्रिया