

सकियो ‘आई एम ट्वान्टी वान’को छायांकन

काठमाडौं – चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकिएको छ । काठमाण्डौ, धरान, ललितपुर लगायतका स्थानमा ५५ दिनसम्म चलचित्रको छायांकन गरिएको हो । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्रमा नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । यो चलचित्रलाई डान्सको कथामा निर्माण गरिएको छ ।
‘मलाई यो चलचित्र निर्देशन गरिसकेपछि मात्र नेपालमा डान्सको कथामा चलचित्र किन बनेन भनेर थाहा भयो । निकै नै चुनौतीपूर्ण काम सकिएको महशुस भएको छ ।’ रेनशाले भनिन् ।
उनका अनुसार, एकातिर कोभिडका कारण सबैको सुरक्षामा ध्यान दिएर काम गर्नुपर्ने चुनौती अर्कोतिर, नेपालमा व्यवसायिक डान्सरहरू पाउन मुश्किल पर्ने अवस्थाका कारणले पनि काम गर्न गाह्रो भएको उनले बताइन् ।
चलचित्रबाट १२ जना नयाँ अनुहारले डेब्यू गर्दैछन् । यो चलचित्रबाट अर्को चलचित्र बनाउने वातावरण बने मात्र पनि आफूलाई पूग्ने बताइन् ।
चलचित्र क्षेत्रमा यस्ता कथामा चलचित्र बन्न थाल्नेछन् भन्ने मेरो विश्वास छ । प्रज्ज्वल शमशेशर जबराको निर्माणमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।

