११ सयले घट्यो सुनको मूल्य, कति छ तोलामा ?


काठमाडौं – शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सयले गिरावट आएको छ । आज सुनको मूल्य गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार रुपैयाँ कायम भइ कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार १ रुपैयाँ रहेको थियो । त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८९ हजार ५ सय ५० रहेको छ ।

त्यस्तै आज प्रतितोला चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया