
को हुन् गायिका अञ्जु पन्तसँग लगन गाँठो कस्न लागेका कोइराला?
काठमाडौं– गायिका अञ्जु पन्त र थीर कोइरालाको केही समयमा नै बिहे हुने निश्चित भएको छ। केही समयदेखि प्रेममा रहेको जानकारी गराउँदै कोइरालाले भनेका छन्,‘हामी चाँडै वैवाहिक बन्धमा बाँधिनेछौं।’
इलामबाट सुनसरीको इटहरीमा कर्मथलो बनाएका उनी केही बर्षदेखि ललितपुरमा रहँदै आएका छन्। उनले भनेका छन्,‘हामी केही समयदेखि एकअर्काको प्रेम छौँ र निकट भविष्यमा नै एक हुने तयारीमा छौँ। कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ।’
कोइरालाले केही समय पत्रकारितामा बिताए भने गैर सरकारी संघ संस्थामा लामो समय काम गरेका छन्। इटहरीमा रहँदा इटहरी साप्ताहिक सञ्चालन गरेका थिए। उनी केही समय नुवाकोटमा कामको शिलशिलामा बसेका थिए। कोइरला भन्छन्,‘एक बर्षदेखिको प्रेमलाई बिवाहको रुप दिन लागेका हौं।’
हाल अञ्जु पन्त फाउन्डेशनका महासचिव समेत रहेका कोइराला मिकाह नेपालका निर्देशक पनि हुन्।



कागजपत्र |
