पठाओः बढ्दो लाेकप्रियता संगै रोजगारीकाे अवसर


काठमाडाैं – कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएको सन्दर्भमा लोकप्रिय राइड सेयरिङ प्लाटफर्म ‘पठाओ’मा भने दैनिक अनलाइन तालिम लिएर पठाओमा दर्ताभै काम गर्नेको सख्या बढेको बताइएको छ।

यसै परिप्रेक्षमा रोजगारीको ढोका खुल्ला राख्न पठाओले दैनिक ‘पठाओ राइडरकालागि आधारभुत तालिम’ अनलाइन मार्फतनै सन्चालन गर्दै आएको पठाओ नेपालद्वारा जारी बिज्ञप्तिमा भनिउको छ । कोरोना कहर अगाडि कार्यालयमै सन्चालन हुँदै आएको तालिम हाल स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन अनलाइन मार्फत सन्चालन गरिएको हो ।

कोरोनाको समय भन्दा अगाडि दैनिक सय राइडरले आधारभुत राइडर तालिम लिएर पठाओ सेवा सुरु गर्ने गरेकोमा अहिले दैनिक २ सय राइडर पठाओमा जोडिँदै आएको पठाओ नेपालका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले हस्ताक्षर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया