विमानस्थलबाट ७०७ ग्राम सुनसहित एक जना पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ७ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। बुधबार बिहान साढे १० बजे दुबईबाट नेपाल एयरलाइन्समा आएका एक पुरूषबाट सुन बरामद भएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए।

पक्राउ पर्नमा चितवनका हिरेन्द्र महतो छन्। उनीमाथि शंका लागेपछि प्रहरी तथा भन्सार कार्यालयको टोलीले उनको सुटकेसमा चेक गरेको थियो ।

‘सुटकेसभित्र कागजको खामजस्तो बनाएर त्यसभित्र राखेर ल्याएका रहेछन्’ एसएसपी बाँस्तोलाले भने।

उनीबाट प्रहरीले तीन वटा आइफोन तथा घडीहरू पनि बरामद गरेको छ । उनीमाथि प्रहरी तथा भन्सार कार्यालयले थप अनुसन्धान अघि बढाएको बताइएको छ।

प्रतिक्रिया