
अख्तियार प्रमुखमा प्रेम राईले कार्यभार सम्हालेपछि जोशीले दिए राजीनामा
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कार्यभार प्रेम राईले सम्हालेपछि बुधबार कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेका गणेशराज जोशीले राजीनामा दिएका छन्।
जोशीले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताएका छन्। अख्तियार सदस्यमा एउटा पद रिक्त भएको छ।
आगामी १९ चैतसम्म पदावधि रहेका जोशी ०७१ चैतमा आयुक्त भएर आउँदा राई अख्तियारमा सचिव भएर सरुवा भएका थिए।



कागजपत्र |
