


कोरोना संक्रमणमुक्त हुने दर ९८.४ प्रतिशत

काठमाडौं – पछिल्लो २४ घण्टामा २०६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणमुक्त दर ९८.४ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म ९५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ८१ हजार ६९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

