गायिका रिहान्नाको ट्वीटमा भारतको प्रतिक्रियाः के छ यस्ताे!


नयाँ दिल्ली – भारतमा किसानहरूले पछिल्लो चार महिनादेखि विरोध प्रदर्शन गरिरहेका छन्। यसैबीच अमेरिकी पप गायिका रिहान्नाले प्रदर्शनकारी किसानको समर्थनमा ट्वीट गरेकी छिन् ।

रिहान्नाको उक्त ट्वीटपछि भारतले विदेशी व्यक्तिहरू र चर्चित व्यक्तित्वले किसानको आन्दोलनको विषयलाई अनावश्यक उचालेको प्रतिक्रिया दिएको छ ।

रिहान्नाले ट्वीट गरेको केही घण्टापछि युवा जलवायु अभियन्ता ग्रेटा थुन्बर्ग र अमेरिकी उपराष्ट्रपतिकी भतिजी मीना ह्यारिसले पनि किसानको समर्थनमा ट्वीट गरेका थिए। ती ट्वीटहरू चर्चित भएका थिए ।

बुधवार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले संसद्‌ले पूर्ण छलफलपछि कृषि क्षेत्रको लागि सुधारोन्मुख कानुन पारित गरेको बताएको छ ।

उसले सामाजिक सञ्जालमा आएका ह्यासट्याग र प्रतिक्रिया न सही न उत्तरदायी भएको बताएको छ ।

प्रतिक्रिया