


प्रचण्डलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न आदेश दिएको छ । दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ सहित सर्वोचमा उपस्थित हुन आदेश गरेको हो ।
दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याइने भन्दै बुधबारका लागि पेशी सरिएको थियो ।
निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

