
एन्जेलिनाले लिलामीमा राखिन विन्स्टनको चित्रकला
बेलायत – कलाकार विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्धका बेला बनाएको एकमात्र चित्रकला लिलामीमा राखिएको छ । उनले यो चित्रकला आफू बेलायती प्रधानमन्त्रीको पदमा हुँदा बनाएका थिए । चित्रकलाकी हालकी मालिक एन्जेलिना जोलीले यो चित्रकला लिलामीमा राखेकी हुन् ।
जुन यसअघि अमेरिकी राष्ट्रपति फ्रान्कलिन डी रुजवेल्टसँग थियो । ‘टावर अफ द कौउतबिया मोस्क्यु’ शिर्षकको यो चित्रकला अर्को महिना क्रिस्टीको लिलामीमा १.५ मिलियन डलर देखि २.५ मिलियन डलरसम्म विक्री हुने अनुमान गरिएको छ । यदि यो अनुमानित रकममा लिलामी भयो भने यसले पूर्व प्रधानमन्त्रीको कामको नयाँ रेकर्ड हुनेछ ।
एन्जेलिना जोलीभन्दा अघि यो पेन्टिङ कैयौं चित्रकला प्रेमीहरुको हातमा पुगिसकेको थियो । कलाकार विन्स्टनले यो पेन्टिङ अमेरिकी राष्ट्रपति फ्रान्कलिन डी रुजवेल्टलाई दिएका थिए । जुन रुजवेल्टको निधनपछि उनका छोरा इलियटले विक्रीमा राखेका थिए ।
अन्तत सन् २०११ मा यो पेन्टिङ जोलीले किनेकी हुन् ।



कागजपत्र |
