‘पठान’ चलचित्रमा सलमान पनि जोडिँदै


बलिउड निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘पठान’मा अभिनेता सलमान खानपनि जोडिदै छन्। यस अघि फिल्ममा अभिनेता शाहरुख खान, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने पक्का भइसकेको हो ।

भारतीय अखबार बलिउड हंगामाका अनुसार अब भने फिल्ममा सलमान खान पनि देखिने भएका हुन् । सलमानले हालै मात्र महेश मंज्रेकर निर्देशित फिल्म ‘अन्तिम– द फाइनल ट्रुथ’को छायांकन सकेका छन्। योसँगै उनले अब फिल्म ‘पठान’को छायांकनका लागि समय छुट्याएको बलिउड हंगामाले जनाएको छ।

‘पठान’को छायांकन सके लगत्तै उनी यश राज फिल्मको ‘टाइगर ३’को छायांकनमा जानेछन्। निर्माण टोलीका अनुसार फिल्ममा लागि अभिनेता ऋतिक रोशनसँग पनि सम्पर्क भइरहेको छ। फिल्ममा ऋतिकको भूमिका अहिलेसम्म टुङ्गो भने लागेको छैन। ‘पठान’ सन् २०२१ मै सार्वजनिक हुने भनिएको छ।

प्रतिक्रिया