

दोहोरीका सर्जकप्रति टिकाको गुनासो, ‘कतिपय सर्जकलाई सुटुक्क भेट्दै पैसा दिँदै गरें तर अब थेग्नै नसक्नी भएँ’

काठमाडौं – गायिका टिका सानुले दोहोरी गीतमा भाका प्रयोग गरेबापत सर्जकले गरेको कतिपय अग्रज कलाकारहरुको व्यवहारले गर्दा दोहोरी गीतप्रति वितृष्णा नै जाग्न लागेको बताएकी छिन् । उनले २ महिनादेखि लाइभ सुटिङ नै नगरेको बताउँदै अब नगर्ने सोच बनाए पछि दर्शक र दोहोरी प्रेमीको मायाले गर्दा पुनः सुटिङ गर्न लागेको बताएकी छिन् ।
सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै टीकाले सर्जकको रोयल्टीको व्यवस्था उचित ढंगले गरिनुपर्ने माग गरेकी छिन् ।
उनले लेखेकी छिन्, आज दोहोरी बिश्वब्यापी भईरहँदा धेरै – थोरै मैले र मजस्तै नयाँ सिक्दै गरेका धेरै कलाकारहरुले पनि केही न केही, कहि- कतै सानो भएपनि योगगदान दिएकै छौँ जस्तो लाग्छ यहि क्षेत्रको लागि जीवनका धेरै सुनौला अबसरहरु गुमाएका पनि छौँ । तर आज आएर यो क्षेत्र भित्रको राजनिती पनि यतिसम्मको भयोकि पुराना सर्जक तथा गायकगायिकाहरुले आफ्ना सिर्जना प्रयोग गरे बापत केही रोयल्टी पाउनु पर्छ भन्ने आवाज नै उठान गर्न थाल्नुभयो ।उहाँहरुले रोयल्टी पाउनुपर्छ भन्ने मेरो पनि भनाइ हो तर त्यस्को केही सिस्टम त हुन पर्यो नि नितिनियम कस्ले बनाउने ? कति प्रसेन्ट पाउनी भनेर कल्ले तोक्नी? गित गायर युट्युबमा हालेर राम्रो भिउज नजादा सम्म कसैको नजर पुग्दैन जब 5 लाख भिउज कट्छ अनि सर्जकको फोन आउँछ । बहिनी तपाइले मेरो गित सङ्गितमाला कार्यक्रममा गाउनुभएको रहेछ। भिउज त खत्रै गाको रैछ के छ व्यवस्था ?
त्यस्तै उनले अग्रज कलाकारहरुलाई केही व्यवहारिक बन्न पनि अनुरोध गर्दै लेखेकी छन्, ‘सुहाउँदो व्यवहार गरौ व्यवहारिक बनौ न ,तपाईं अग्रज कलाकारहरुलाई मजस्तो सानो सिक्दै गरेको कलाकारले यसरी सिकाउन नपरे हुन्थ्यो। सबैभन्दा पहिलेहजुरहरुले सिस्टम बनाउनुहोस ,चाहिने सबैलाइ सुहाउँदो %( percent ) तोक्नुहोस् त्यो नीतिले सबैलाई चित्त बुझोस् , सजिलै दिन लिन सकियोस् । हरेक गितहरु दोहोरिनु पर्छ र पो पुस्तौपुस्ताले जान्दछ होइनर? गित सबैले सुनोस, गाओस भनेर निकालिएको होइनर? के साह्रो गर्नुभाको ? यो देशमा हरेक क्षेत्रको मन्त्रालय छन् , मन्त्री छन् तर हाम्रै गितसङ्गीत क्षेत्रको न मन्त्रालय छ न मत्री छन् त्यसका लागि पहल गर्न कसैले सोच्नुभाको छ ? कि हिम्मतै आएन? अग्रज भनेको त बुवा आमा सरह हो बुवा आमाले त पछिका सन्तानलाई यात्रा गर्न सजिलो होस भनेर कर्म गर्दिनु पर्ने हो नि होइनर? ठुला- ठुला समस्या कति छन् कति यो सानो क्षेत्र भित्र कहिले अड्कल गर्नुभाको छ? अह ! छैन तर साना – साना कुरामा अल्झिने अल्झाउने कलाकार बन्न आएका अबसर नपाएका कलाकारहरुलाइ केही गर्ने जोस जागरै न आउने गरिकन थिचो- मिचो पार्नुहुन्छ?’
उनको स्टाटसः
नमस्कार !
आज केही लेख्न मन लाग्यो प्रत्यक्ष दोहोरी ( लाइभ दोहोरी ) गितको बारेमा । हाम्रा अग्रज आदरणीय कलाकारहरुमा सम्मान, समकालीन साथीहरुमा माया सम्झना , दोहोरी गितसङ्गितमा दु: ख गर्न सुरु गर्नुहुने भाइबहिनिहरुमा माया र आशीर्वाद । लोक दोहोरी भन्ने बित्तिकै नेपाली लोकले मन पराउने ,माया गर्ने नेपाली लोकलाई चिनाउने भाकाहरु हुन् । हिजो रेकर्डिङको सुरुवात नै नहुँदा हाम्रा जिजु -बाजेहरुले पनि त गुनगुनाउनु हुन्थ्यो त्यहि गितसङ्गितहरुलाई हाम्रा अग्रज कलाकारहरुले विभिन्न लयमा गित सङ्गीत रेकर्ड गर्न थाल्नुभयो। गाउँमा रोधी बस्ने रातभरी दोहोरी गाउने हाम्रो पश्चिमी पुरानो संस्कार र संस्कृती जस्ताको त्यस्तै नभएपिन जस्तै -जस्तै बनाउनका लागि हर कदम लागि पर्नुहुने सबै अग्रज कलाकारलाई हार्दिक धन्यवाद संगै सम्मान पनि छ।
आज दोहोरी बिश्वब्यापी भईरहँदा धेरै – थोरै मैले र मजस्तै नयाँ सिक्दै गरेका धेरै कलाकारहरुले पनि केही न केही, कहि- कतै सानो भएपनि योगगदान दिएकै छौँ जस्तो लाग्छ यहि क्षेत्रको लागि जीवनका धेरै सुनौला अबसरहरु गुमाएका पनि छौँ । तर आज आएर यो क्षेत्र भित्रको राजनिती पनि यतिसम्मको भयोकि पुराना सर्जक तथा गायकगायिकाहरुले आफ्ना सिर्जना प्रयोग गरे बापत केही रोयल्टी पाउनु पर्छ भन्ने आवाज नै उठान गर्न थाल्नुभयो ।उहाँहरुले रोयल्टी पाउनुपर्छ भन्ने मेरो पनि भनाइ हो तर त्यस्को केही सिस्टम त हुन पर्यो नि नितिनियम कस्ले बनाउने ? कति प्रसेन्ट पाउनी भनेर कल्ले तोक्नी? गित गायर युट्युबमा हालेर राम्रो भिउज नजादा सम्म कसैको नजर पुग्दैन जब 5 लाख भिउज कट्छ अनि सर्जकको फोन आउँछ । बहिनी तपाइले मेरो गित सङ्गितमाला कार्यक्रममा गाउनुभएको रहेछ। भिउज त खत्रै गाको रैछ के छ व्यवस्था ? सर्जक मार्न त भयननि कति आको छ गित बाट ५० % दिनु पर्यो भन्नुहुन्छ कोहि कसैले त ८०% सम्म देउ भन्नुभयो अरे अग्रज सर्जकहरु तपाईंहरु बर्षौ देखि कलाकार भएर यो क्षेत्र भित्र के – कति कमाइ छ बुझ्नुभयको छैन र ? लाइभ सुटिङ गर्दा दिनभरी मादल बजायर हात दुखाउनी लाई कति % दिनि?बासुरी बजायर घाँटी सुकाउनी लाई कति % ( प्रतिशत )दिने ? सारङ्गी हार्मोनियम, किबोर्ड ,ढोलक अक्टोप्याड बजाउनी कलाकार हरु लाई कति% दिने ? क्यामेरा, क्यामेराम्यान, हल भाडा ,अडियो- भिडियो, इडिटिङ त्यसैमा १/२ घण्टा दिमाग लगाएर दोहोरी गाउन आउने कलाकारहरुलाइ दिनै पर्यो सबै गर्दा एकदिन लाइभ सुटिङ गर्दा लगभग १ लाख ५० हजार बढी खर्छ भाको तपाईंहरुलाई ५०/६०% दिएर म र मजस्ता कलाकारहरु चाहि कसरी बाच्नु त? आफै नयाँ भाका सिर्जना गरेर गाउँदा हेर्ने सुन्ने दर्सकहरुलाइ तेत्ती मनोरञ्जन नमिल्ने पुरानो गाउने हो भने सर्जक ज्युहरुले पेल्ने। दोहोरीहरुले तपाईंका रेकर्डिङ भएका तर भिउज नै नगएका गितलाई चर्चित बनाएको छ। कति मरिसकेका मान्छेले बिर्सिएका भाकाहरुलाई पुनः जिबित पनि बनाएको छ नि त्यो चै देख्नुहुन्न ? खाली कमाय, खाए मात्रै भन्नुहुन्छ मलाई कसैसँग झै -झगडा गर्न मन लाग्दैन त्यसैले पनि कतिपय सर्जकहरुलाई सुटुक्क भेट्दै पैसा दिदै पनि गरे तर अब थेग्नै नसक्नी भयो केही सोच्नै पर्ने भो । सके सम्म सबैलाई सहज हुने बाटो खोजौन त । सुहाउँदो व्यवहार गरौ व्यवहारिक बनौ न ,तपाईं अग्रज कलाकारहरुलाई मजस्तो सानो सिक्दै गरेको कलाकारले यसरी सिकाउन नपरे हुन्थ्यो। सबैभन्दा पहिलेहजुरहरुले सिस्टम बनाउनुहोस ,चाहिने सबैलाइ सुहाउँदो %( percent ) तोक्नुहोस् त्यो नीतिले सबैलाई चित्त बुझोस् , सजिलै दिन लिन सकियोस् । हरेक गितहरु दोहोरिनु पर्छ र पो पुस्तौपुस्ताले जान्दछ होइनर? गित सबैले सुनोस, गाओस भनेर निकालिएको होइनर? के साह्रो गर्नुभाको ? यो देशमा हरेक क्षेत्रको मन्त्रालय छन् , मन्त्री छन् तर हाम्रै गितसङ्गीत क्षेत्रको न मन्त्रालय छ न मत्री छन् त्यसका लागि पहल गर्न कसैले सोच्नुभाको छ ? कि हिम्मतै आएन? अग्रज भनेको त बुवा आमा सरह हो बुवा आमाले त पछिका सन्तानलाई यात्रा गर्न सजिलो होस भनेर कर्म गर्दिनु पर्ने हो नि होइनर? ठुला- ठुला समस्या कति छन् कति यो सानो क्षेत्र भित्र कहिले अड्कल गर्नुभाको छ? अह ! छैन तर साना – साना कुरामा अल्झिने अल्झाउने कलाकार बन्न आएका अबसर नपाएका कलाकारहरुलाइ केही गर्ने जोस जागरै न आउने गरिकन थिचो- मिचो पार्नुहुन्छ? बाँचुञ्जेलसम्म कसैले सहज वातावरण सिर्जना गर्दैन मरेपछी अनि नानाथरी नाटक गर्नी । यी यस्तै व्यबहारहरुले वितृष्णा जागेर २ महिना यता लाइभ सुटिङ गरेकै थिईन मैले अब गर्दिन भन्नी सोच बनाएकी पनि थिए तर के गर्नु टेलिभिजनमा प्रशारण हुने कार्यक्रम निरन्तरता दिनै पर्यो फेरि दोहोरी प्रेमी सुभचिन्तकहरुको हामीप्रतिको माया पनि ख्याल गर्नै पर्यो त्यसैले २ महिना पछि भोलि सङ्गितमाला सुटिङ गर्दैछु । गित गाएर युटुबमा राख्दा धन्यवाद नानी मेरो गित गाउनुभएछ सङ्गितमालामा भनेर sms गर्नेसर्जकहरु पनि हुनुहुन्छ कोहि – कोहि उहाँहरु प्रती बिशेष धन्यवाद छ ।अब तेस्तै तेस्तै मान्छे जस्ले आफ्नो सिर्जना तर अरुको लागि पनि गरेको त्यस्ता महान् सर्जकहरुको गित मात्रै छानेर गाइनेछ मेरो कार्यक्रममा र बिगतमा गाएका कतिपय गितहरु जो धेरै भिउज गएका छन् कतिको भित्रभित्रै आधाआधी पैसा तिरिसकेकिछु अब पनि खोज्नुहुन्छ भने नियम बनाएर मात्र आउनुहोस् यत्तिकै तनाब दिएरत ६०/७०% खोज्नुहुन्छ भने युट्युबबाट दोहोरी नै डिलिट गरौंला बरु तर त्यति महङ्गो रोयल्टी तिर्न म सक्दिन हर -कोहिले सक्दैन यो विषयमा सबैले एकपटक सोच्नु जरुरत छ ।

