

भावनाको ‘फेक स्माइल’ सार्वजनिक

काठमाडौं – युवा लेखिका भावना कँडेलको पहिलोे पुस्तक ‘फेक स्माइल’ बजारमा आएको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रमबीच पुस्तकको बिमोचन गरिएको हो ।
उपन्यासको विमोचन नायिका तथा उद्घोषिका रिमा विश्वकर्मा, लेखक क्रान्ति पराजुली, लेखक तथा सकालोचक महेश क्षितिज कार्की र गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै विश्वकर्माले कँडेलको लेखनबाट आफू प्रभावित भएको बताइन् । उनले भनिन् ‘फेसबुकमा स्टाटस बाहेक केहि लेख्न सकेकी छैन । अब किताब लेख्ने तयारीमा लाग्छु र विमोचन कार्यक्रममा भावना जी लाई नै अतिथि बोलाउँछु जसरी उहाँले मलाई अहिले बोलाउनुभयो ।’
पुस्तक समिक्षा गर्दै महेश क्षितिज कार्की फेक स्माइलले युवा पिँढीको मन जित्ने बताउँछन् । पुस्तकका केही दमदार लाइनहरुले आफ्नो मन जितेको कुरा लेखक पराजुली बताउँछन् । त्यस्तै अध्यक्ष थापा पनि लेखीका भावना कँडेलको साहित्य क्षेत्रमा राम्रो भविष्य रहेको बताउँछन् ।
लेखिका कँडेल लकडाउनको समयमा सामाजिक सञ्जालमा अल्झिनुभन्दा केही लेख्छु भनेर लाग्दा फेक स्माइल जन्मेको कुरा बताउँछिन् । उपन्यासमा आफ्नो कलेजका एक केटा साथीको बास्तविक प्रेमको केहि हिस्सा पनि समेटीएको कुरा बताउँछिन् ।
बिमोचन अघिनै बजारमा माग ह्वात्तै बढेकाले शिखा बुक्सले यस उपन्यासको दोश्रो संस्करण पनि निकालिसकेको छ ।

