प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ


काठमाडाैं – प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् ।

बिहीबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पद मा श्रेयठसहित उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य चयन भएका थिए । यस्तै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए ।

जसअनुसार शुक्रबार बसेको सञ्चालक समितिको ४५९ औं बैठकले राजेन्द्रदास श्रेष्ठज्लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन गरिएको कम्पनी सचिव राजकुमार कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया