

सिद्धार्थ बैंकलाई ‘The HRM Awards for Corporate Excellence 2022’ अवार्ड

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेड “The HRM Awards for Corporate Excellence 2022” अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रा.लि.ले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई “HRM – Corporate Excellence in Financial Institution” को विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो ।
पौष १४ गते आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संसोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका थिए । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागिआफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ ए.टि.एम्, ११८ शाखारहित बैंकिङ्ग सेवा र १,८०० भन्दा बढी पिओएस् मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधि मैत्री बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहक मैत्रीढङ्गले प्रवाह गर्दै आएको छ ।

