

फिल्म ‘रामायण’मा ऋतिक र दीपिका

मुम्बई – बलिउडका एक्सन स्टार ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण एकसाथ फिल्ममा देखिने भएका छन् । उनीहरु नयाँ फिल्म रामायण मा देखिने भएका हुन् ।
१९८७ मा पहिलो पटक रामायण ग्रन्थमाथि टेलिभिजन श्रृङ्खला बनेको थियो । अब भने फिल्म रामायण ठुलो पर्दामा देख्न पाइने भएको छ । यस फिल्मलाई लिएर निर्माता मधु मेन्टाना उत्साहित भएका छन् ।
महँगो लगानीमा निर्माण हुने यस फिल्ममा रामको रोलमा ऋतिक र सिताको रोलमा दीपिका हुने बताइएको छ । यस फिल्मलाई ‘दंगल’ फेम्ड निर्देशक नितेश तिवारीले निर्देशन गर्ने बताइएको छ ।फिल्मलाई अल्लू अरविन्द, नमित मल्होत्रा र मधु मेन्टानाले निर्माण गर्ने भारतिय मिडियामा बताइएको छ । फिल्म तमिल र तेलुगू भाषामा रिलिज गरिनेछ ।

