

पीएम कप : एपीएफलाई २१२ रनको लक्ष्य

काठमाडाैं – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई २१२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको छ।
आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाउँदा राजेश पुलामीले २८ रन जोडे। त्यस्तै सहाब आलमले २५ रन बनाउँदा लोकेस बमले १५ रन बनाँदा सुशन भारी र रोहित पौडेलले समान १३र१३ रन जोडे।
बलिङतर्फ अभिनास बोहोराले सर्वाधिक ४ विकेट लिँदा किशोर महतोले २ विकेट लिए। त्यस्तै कमल ऐरी र भुवन कार्की र सरद भेषवाकरले समान १र१ विकेट लिए।
दुबै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह उपविजेता बनेको आर्मीले सेमिफाइनलमा समूह बी को विजेता वाग्मती प्रदेशलाई हराएको थियो। त्यस्तै एपीएफले नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको थियो।

