

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनुसा – धनुषाको सहिदनगर नगरपालिका-६ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाकै कमला नगरपालिका-८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्। गम्भीर घाइते भएका ठाकुरको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा करिब ११ बजे मृत्यु भएको हो।
आज बिहान सवा १० बजे गिद्दाबाट यदुकुवातर्फ जाँदै गरेको मधेस प्रदेश ०२ ००६ प १८१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

