शुभकामनाका लागि समय नमाग्न प्रधानमन्त्री सचिवालयको आग्रह


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाइ तथा शुभकामना कार्यक्रमलाई निरुत्साहित गर्ने भएको छ। त्यस्ता कार्यक्रमले महत्पूर्ण समय नाश हुने भएकाले त्यस्ता कार्यक्रमका लागि समय नमाग्न आग्रहसमेत गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन सल्लाह सुझाव दिन परे सचिवालयमार्फत् पेस गर्न आग्रह गरेका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्युले बधाइ र शुभकामना आदानप्रदानको लागि समय माग गर्नुभएका सबै दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बधाइ र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकाले अब उप्रान्त बधाइ र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत् पेस गरिदिन पनि आग्रह गर्दछौं,’ प्रधानमन्त्रीका स्वकीय सचिव सूर्य किरणले भनेका छन्।

प्रतिक्रिया